Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

विपद् प्रभावित क्षेत्रमा बैंकिङ सेवा तत्काल सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

विपद् प्रभावित क्षेत्रमा बैंकिङ सेवा तत्काल सुचारु गर्न राष्ट्र बैंकको निर्देशन


  • 2.1K
    Shares

    विपद् प्रभावित क्षेत्रमा बैंकिङ सेवा तत्काल सुचारु गर्न राष्ट्र बैंकको निर्देशन
    images
    काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवा लगायतका प्राकृतिक विपद् प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवा अविलम्ब सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले विपद्को समयमा सेवाग्राहीको सहजताका लागि यस्तो आग्रह गरेको हो ।
     
    राष्ट्र बैंकले प्रभावित क्षेत्रमा सेवाको निरन्तरता सुनिश्चित गर्न विद्युतीय माध्यम लगायत अन्य वैकल्पिक स्थानबाट समेत सेवा स्वतःस्फूर्त रूपमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सहजीकरण गरिएको जनाएको छ । यसका साथै, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्थापनाका कार्यमा आवश्यक वित्तीय स्रोतको परिचालन गर्न पनि केन्द्रीय बैंकले प्रोत्साहन गरेको छ ।
     
    हालै आएको प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्र बैंकले सम्पर्कमा नरहेका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारजनले व्यहोर्नुपरेको पीडाप्रति सहानुभूति प्रकट गरेको छ ।
     
    यस विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाका ग्राहक, कर्मचारी र समग्र समुदायको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राख्न राष्ट्र बैंकले अनुरोध गरेको छ । प्रभावित क्षेत्रका सेवाग्राहीप्रति थप संवेदनशील बन्दै आवश्यक सहयोगका लागि निरन्तर प्रयासरत रहन केन्द्रीय बैंकले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।  
     

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १८:१८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij