Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त


  • 6.4K
    Shares

    • images
    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त
    images

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।  नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए। पोखरेलले शुक्रबार मुख्यमन्त्री दाबी गर्दै आफूलाई प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको पत्र प्रमुखकहाँ दर्ता गराएका थिए ।

    प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेभित्र दाबी पत्र पेस गर्न आह्वान गरेकी थिइन्। तर उक्त समयसीमा भित्र पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका थिए। नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका पोखरेल  २०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बने। आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका कृष्णचन्द्र नेपाली पोखरेल त्यसअघि पनि उनी विद्यार्थी राजनीतिमा थिए। २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका पोखरेल २ विषयका स्नातक हुन्। उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन्।

    Gandaki.jpg

    ४८ सालपछि निरन्तर झण्डै २० वर्ष पार्टी नवलपरासी कांग्रेसको जिल्ला सभापति भएका हुन् । २०४८ सालको निर्वाचनमा तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । उनी त्यसपछि प्रतिनिधिसभा र संविधानसभामा उम्मेदवार बनेनन् । यसअघि एक कार्यकाल उनी कांग्रेसको केन्द्रीय सदस्य भएरसमेत काम गरेका छन् । १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा नेपाली पराजित हुन पुगे । चार भाइमध्ये नेपाली माइलो हुन् । उनका दाइ रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल नेपालीका भाइ हुन् ।

    कान्छा भाइ सुवास भने अमेरिकामा बस्छन् । सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाको सहमतिमा नेपाली गण्डकी प्रदेशमा कांग्रेसका तर्फबाट संसदीय दलको नेता बनाइएका थिए ।

    प्रकाशित मिति :जेठ २९ २०७८ शनिवार - १८:२१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij