Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

बाढी प्रभावित क्षेत्रमा टेलिकमको निःशुल्क सञ्चार सेवा थप तीन दिन

बाढी प्रभावित क्षेत्रमा टेलिकमको निःशुल्क सञ्चार सेवा थप तीन दिन


  • 1.8K
    Shares

    बाढी प्रभावित क्षेत्रमा टेलिकमको निःशुल्क सञ्चार सेवा थप तीन दिन
    images

    काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई थप तीन दिनका लागि विस्तार गरेको छ।

    रसुवा र आसपासका क्षेत्रमा बाढीले पुऱ्याएको जनधनको क्षतिका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै टेलिकमले पहिले उपलब्ध गराएको निःशुल्क सुविधालाई आगामी भदौ १२, १३ र १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।

    यस सुविधा अन्तर्गत बाढी प्रभावित क्षेत्रका सेवाग्राहीले दैनिक २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क प्रयोग गर्न पाउने भएका छन् भने भ्वाइस कल सेवा पनि पूर्ण रूपमा निःशुल्क गरिएको छ। 

    भोटेकोशी र त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान टेलिकमले एसएमएसमार्फत सचेत समेत गराउँदै आएको छ।

     

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १५:१२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij