Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई कांग्रेसको निर्देशन

विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई कांग्रेसको निर्देशन


  • 6.7K
    Shares

    विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई कांग्रेसको निर्देशन
    images

    काठमाडौँ । नेपाली कांग्रेसले बागमती प्रदेशका आफ्ना सांसद नरोत्तम वैद्यलाई प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको छ ।

    प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिइसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।

    ‘नेपाली कांग्रेस प्रस्ट छ, अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन, प्रवक्ता शर्माले शनिबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।’

    शान्तिपूर्ण राजनीतिको शालीनता सडकमा समेत संयम अपनाउनु हो भन्दै उनले संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने उल्लेख गरेका छन् ।

    ‘हिंसाबाट शान्तिपूर्ण रूपान्तरणका लागि अरूलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोहीबमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ ।’

    शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए । गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए ।

    congre.jpg

    प्रकाशित मिति :जेठ २९ २०७८ शनिवार - ११:१२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij