Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

बाढी पहिरोबाट १८ लाख बासिन्दा उच्च जोखिममा, कुन कुन जिल्लामा कति?

बाढी पहिरोबाट १८ लाख बासिन्दा उच्च जोखिममा, कुन कुन जिल्लामा कति?


  • 19.5K
    Shares

    बाढी पहिरोबाट १८ लाख बासिन्दा उच्च जोखिममा, कुन कुन जिल्लामा कति?
    images

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ साल वैशाख १ देखि २०७७ चैत ३१ सम्मको अवधिमा पहिरोबाट १२ सय ५ जनाले ज्यान गुमाए भने २९७ जना बेपत्ता भए । यस वर्ष सरकारले तयार पारेको सम्भावित सूची अनुसार २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुने अनुमान छ । तर, वर्षा शुरू हुनै लाग्दा पनि सम्भावित जोखिम रोक्ने पूर्वतयारी अत्यन्त कम छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन शुरू हुने संशोधित औसत मिति जून १३ (जेठ ३०) हो । विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार यस वर्षको मनसुनमा नेपालको अधिकांश भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ ।
    गत वर्ष विपद् जोखिम क्षेत्र घोषित बागलुङ र सिन्धुपाल्चोक जिल्लामै सरकारको पूर्वतयारी छैन ।
     राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारीका अनुसार, जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्न भनेर सरकारले २०७८ वैशाखमा मात्रै २० करोड रुपैयाँ निकासा गरेको छ । विपद् पूर्व कानमा तेल हालेर बस्ने र क्षतिपछि झिनो राहतले दुखेको घाउ टाल्न खोज्ने सरकारी रवैया हेर्दा लाग्छ सरकार फेरि पनि सम्भावित क्षति कुरेर बसेको छ ।
    विपद्विज्ञ गंगालाल तुलाधर विपद् न्यूनीकरणमा सरकारी संयन्त्र कहिल्यै पनि गम्भीर नभएको बताउँछन् । विपद् जोखिम व्यवस्थापन मामिलाका जानकार तुलाधर भन्छन्, ‘सरकारले विपद् रोक्न कुनै पूर्वतयारीमा ध्यान दिएको देखिंदैन ।।’

     

    mansun-jokhimkk.jpg

    प्रकाशित मिति :आषाढ २ २०७८ बुधवार - ०७:४२:३१ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # mansun

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij