Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु


  • 4.7K
    Shares

    बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

    बाँके । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एक/एकजना गरी ४ जनाको मृत्यु भएको हो ।

    दाङको घोराही–७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ सात बजे र राजपुर गाउँपालिका–१ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको उनले बताए । ४२ वर्षीया महिलामा जेठ ११ गते र ७७ वर्षीय पुरुषमा जेठ १८ गते संक्रमण पुष्टि भएको थियो ।

    बाँकेको खजुरा गाउँपालिका–३ का ८० वर्षीय पुरुषको बिहीबार राति साढे १० बजे र दैलेखको भैरवी गाउँपालिका–७ का ६९ वर्षीय पुरुषको शुक्रबार बिहान १०ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ८० वर्षीय पुरुषमा जेठ १८ गते र ६९ वर्षीय पुरुषमा जेठ २४ गते संक्रमण पुष्टि भएको थियो ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १३:४२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij