Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नागरिकता अध्यादेश रोक्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रभु शाहको माग

नागरिकता अध्यादेश रोक्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रभु शाहको माग


  • 5.5K
    Shares

    नागरिकता अध्यादेश रोक्ने न्यायाधीशलाई महाअभियोग लगाउन प्रभु शाहको माग

    काठमाडौं । पूर्वमन्त्री तथा एमाले नेता प्रभु शाहले नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउन सर्वोच्चले गरेको अन्तरिम आदेशको आलोचना गरेका छन् । यो आदेश गर्ने न्यायाधीशमाथि नै महाअभियोग लगाउनुपर्ने उनको माग छ ।

    फेसबुकमा स्टाटस लेख्दै शाहले उक्त माग गरेका हुन् । उनले सर्वोच्चको फैसलालाई अप्रत्याशित र गैरजिम्मेवारीपूर्ण भन्दै यसले मुलुकमा संकट निम्त्याउने जिकीर गरेका छन् ।

    शाह लेख्छन्, ‘यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी छ ।’

    संवैधानिक व्यवस्था अनुरूप आएको महत्वपूर्ण अध्यादेश कार्यान्वयनमा रोक लगाउनुले विगतमा सम्मानित सर्वोच्च अदालतको फैसला, विधिको शासन र शक्ति सन्तुलनको सिद्धान्त विपरीत रहेको उनले टिप्पणी गरेका छन् ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १०:५६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij