Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

जीप दुर्घटना : एकको मृत्यु, एक घाइते

जीप दुर्घटना : एकको मृत्यु, एक घाइते


  • 4.0K
    Shares

    जीप दुर्घटना : एकको मृत्यु, एक घाइते
    images

    डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका ४ समुहगाढमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

    दुर्घटनामा कैलालीको धनगढी उपमहानगरपालिका ५ तारानगरका ५० वर्षीय जीप चालक हुकुम शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बाजुराको बूढीगङ्गा नगरपालिका ८ का २६ वर्षीया देवकुमारी शाह घाइते भएको हो ।

    घाइते शाहको को दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र शाहको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सु. प्र. प. ००१००१ च २६१५ नम्बरको जीप शुक्रवार बिहान पौने पाँच बजे दुर्घटनामा परेको हो ।

    जीप अनियन्त्रित भइ सडकबाट झन्डै एक सय मिटर तल खसेको उहाँले बताउनुभयो ।  

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १०:४३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij