Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

१९ वर्षीया युवतीमाथी सामूहिक बलात्कार, एकजना पक्राउ

१९ वर्षीया युवतीमाथी सामूहिक बलात्कार, एकजना पक्राउ


  • 7.9K
    Shares

    १९ वर्षीया युवतीमाथी सामूहिक बलात्कार, एकजना पक्राउ
    images

    कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

    धरमपुरस्थित मुक्त्तकमैया शिविरकी ती किशोरीमाथी बिहीबार बलात्कार भएको हो । नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले उनलाई सामूहिक बलात्कार गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए ।

    बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धन बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेका थापाले बताए । ‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने, ‘अर्का आरोपीको खोजी भइरहेको छ ।’

    बलात्कार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको उनले बताए । ‘नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ,’ डिएसपी थापाले भने ।

    बलात्कारमा परेकी भनिएकी युवती शारिरिक रुपमा अशक्त छिन् ।

    प्रकाशित मिति :जेठ २८ २०७८ शुक्रवार - १०:२३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij