Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल


  • 974
    Shares

    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल
    images

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा। ढुन्डिराज पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्।

    डा। पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए । अध्यक्षका रूपमा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका थिए।

    स्वास्थ्य सेवा सुधार, सरकारी अस्पतालको व्यवस्थापन तथा चिकित्सा शिक्षाका विषयमा समेत डा.पौडेलले सार्वजनिक रूपमा धारणा राख्दै आएका छन् ।

    सरकारी अस्पतालको क्षमता अभिवृद्धि गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिँदै आएका छन्। काउन्सिलको अध्यक्षका रूपमा अब उनले चिकित्सकीय पेशाको नियमन, चिकित्सकको व्यावसायिक आचरण तथा चिकित्सा शिक्षासँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।  

    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - ११:००:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij