२०८२ भाद्र २३ गते सोमवार
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत माग्दै अन्य दलको वैकल्पिक सरकार बन्ने अवस्था नरहेको बताएका छन् ।
प्रदेश सभामा बोल्दै गुरुङले विश्वासको मत प्राप्त भए नीति तथा कार्यक्रम ल्याउने नभए संविधान अनुसार हुने बताए ।
'वैकल्पिक सरकारका लागि विपक्षीको बहुमत पुग्दैन', उनले भने, 'यो एक महिना अघि नै परीक्षण भएको हो । सरकार पूर्णकार्यकाल चलोस् भन्ने चाहना हो ।' राजनीतिक तरल भएको बताउँदै उनले यतिबेला सहि निर्णय लिन आग्रह गरे ।
'हामी सत्तामा हुँदा र नहुँदा पद पाउँदा र नपाउँदा गर्ने ब्यवहार र बोली एउटै छ र भविष्यमा पनि सोही बमोजिम हुने छन्', गुरुङले भने, 'राजनीति पानी जस्तै हो । यो स्नीग्ध हुन्छ । जीव र मानिसहरुको कारण यो प्रदूषण भए जस्तै राजनीतिलाई दल र नेता तिनका नेताका आग्रह कुण्ठा र प्रत्याग्रहका कारण फोहोरी बताउन हुँदैन ।'
उनले अतितमुखी भएर हैन भविष्य हेरेर निर्णय गर्न आग्रह गरे । 'आग्रह पूर्वाग्रहले राजनीतिलाई गाँजेको छ', उनले भने, 'त्यसको सिकार गण्डकी प्रदेश पनि भएको छ ।'
कोरोना महामारीको असहज समयमा सरकार बचाउनका लागि विश्वासको मत माग्न विवश उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij