Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

छात्राको रहस्यमय मृत्यु

छात्राको रहस्यमय मृत्यु


  • 4.6K
    Shares

    छात्राको रहस्यमय मृत्यु
    images

    झापा । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ ।

    दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । 

    प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिनुभयो । 

    घटनालगत्तै पीडितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले भने तत्काल मृत्युको कारण थाहा पाउन परीक्षणलाई प्राथमिकता दिएको बताइएको छ । रासस

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १३:२१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij