२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । लामो समयदेखि माधवकुमार नेपाल समूहमा रहेका गणेश पहाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाउने भएका छन् ।सिन्धुलीबाट दुई पटक निर्वाचित पहाडी नेता योगेश भट्टराईनिकट हुन् ।
उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउन लागिएको हो । पहाडी विद्यार्थीकालदेखि नै भट्टराईसँग निकट रहँदै आएका थिए ।
उनी एमाले विभाजन हुँदा माले पार्टीतर्फै गएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका पहाडी पछिल्लो समय मौन रहेका थिए ।
प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसविरुद्ध मुद्दा दर्ता नगराउने नेपालनिकट तीन सांसदमध्ये एक हुन् ।पहाडीको मन्त्रिपरिषदमा नियुक्तिसँगै एमालेभित्रको शक्ति संघर्षमा नयाँ ट्विष्ट (मोड) देखिएको छ ।
योगेश भट्टराई पनि केहि दिनदेखि प्रधानमन्त्री ओलीसँग सहमति जुटाएर पार्टी एकता कायम राख्न प्रयासरत् छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij