Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज


  • 4.8K
    Shares

    सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज
    images

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज (बिहिवार) आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउँदै छ ।

    बजेटमाथिको पूर्व छलफल सकिएपछि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । त्यसका लागि बिहिवार दिउँसो ४ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको संसद सचिवालयका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए ।

    उनका अनुसार सो प्रदेश सभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले अगामी आर्थिक वषको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ ।

    कोरोना संक्रमणको दोस्रो लहरका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ भएकाले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रवक्ता चटौत बताउँछन् ।

    ‘कोरोनाका कारण समयमा नै बजेट अधिवेशन बोलाउन सकिएन । त्यसैले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर केही प्रक्रिया छोट्याएर नीति तथा कार्यक्रम ल्याउन लागिएके हो ।’ उनले भने ।

    सुदूरपश्चिम प्रदेशसभा नियमावलीमा बजेट प्रस्तुत हुनुभन्दा १५ दिनपहिले नै प्रिबजेट प्रस्तुत भएर छलफल प्रारम्भ गर्नुपर्ने र एक साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गरेर छलफल गर्नुपर्ने व्यवस्था छ ।

    यद्यपी कोरोनाका कारण समयमै बजेट अधिवेशन बोलाउन नसकिए पछि यस वर्ष अध्यादेशमार्फत ऐन संसोधन गरिएको थियो ।

    सुदूरपश्चिम प्रदेशमा २१ जेठदेखि बजेट अधिवेशन सुरु भएको थियो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर असार १ गते झण्डै २८ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १३:०१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij