Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु

भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु


  • 281
    Shares

    भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु
    images

    काठमाडौं । भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूले बुधबार यी दुर्घटनाहरूको पुष्टि गरेका हुन् ।

    दक्षिण भारतीय राज्य तेलङ्गानामा एउटा भारी सवारी साधनले तीन पाङ्ग्रे सवारी साधन (अटो) लाई ठक्कर दिँदा पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । 

    यसैगरी, भारतको मध्य प्रदेश राज्यमा भएको अर्को घटनामा एकै परिवारका ६ जनासहित ९ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण उर्लिएको नालाले यात्रुवाहक सवारी साधनलाई बगाउँदा उक्त हताहती भएको हो । स्थानीय अधिकारीकाअनुसार सवारी साधनमा सवार कुल ११ जनामध्ये दुई जनाले पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन् ।    

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १२:१९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij