२०८२ भाद्र २३ गते सोमवार
भारतमा कोरोनाका कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको ज्यान गएको छ ।
भारतमा अहिलेसम्म कोरोनाका कारण तीन लाख ५९ हजार ६७६ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ९४ हजार ५२ रहेको छ । अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij