Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

नागरिकतासम्बन्धी अध्यादेशविरूद्धको रिटमाथि आज सुनुवाइ हुँदै

नागरिकतासम्बन्धी अध्यादेशविरूद्धको रिटमाथि आज सुनुवाइ हुँदै


  • 18.4K
    Shares

    • images
    नागरिकतासम्बन्धी अध्यादेशविरूद्धको रिटमाथि आज सुनुवाइ हुँदै

    काठमाडौं । नागरिकतासम्बन्धी अध्यादेशविरूद्धको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानकि इजलासमा सुनुवाइ हुँदै छ ।

    यही जेठ २१ गते सुरू प्रारम्भिक सुनुवाइमा सर्वोच्चले आज दुवै पक्षलाई डाकेको छ । आज सरकारी पक्षसहितको धारणा सुनेपछि इजलासले अन्तरिम आदेश दिनेर/दिने निर्णय गर्नेछ ।

    आजको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

    वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १२:२२:५० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij