२०८२ भाद्र २२ गते आइतवार
काठमाडौँ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन भएको छ । अधिकारीको १०१ वर्षको उमेरमा आज (बिहीबार) बिहान आफ्नै निवास काठमाडौंको लैनचौरमा निधन भएको हो ।
निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिवसमेत भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । अधिकारीका दुई छोरा र एक छोरी छन् । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij