Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै


  • 5.7K
    Shares

    गण्डकीका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै
    images

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् । आज मध्यान्ह् १२ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

    गुरुङले वैशाख २९ गते संसदमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिएका थिए । कुल ६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ ।

    मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय गरे पनि काँग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलहरूले विश्वासको मत नपुग्नेगरी मोर्चाबन्दीमा छन् ।

    मुख्यमन्त्री गुरुङको नेतृत्वको सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सत्ता पक्षको साथ छोडेको जनाएका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने अघिल्लो रातदेखि मनाङे विपक्षी गठबन्धनतिर लागेका हुन् ।

    गुरुङविरुद्ध लागेको विपक्षी गठबन्धनले एक मतले बहुमत दाबी गर्न नसक्ने अवस्थामा छ । यस्तो अवस्थामा मनाङेको भूमिका निर्णायक हुने देखिएको छ ।

    मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत नपाउने भएसँगै १६८ (५) को प्रयोग नगरी मध्यावधि घोषणा गर्ने तयारीमा थिए । संसद बचाउनका लागि एमालेलाई साथ दिन छोडेको पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिकलाई प्रतिक्रिया दिएका छन् ।

    अहिले उनको फोन अफ छ । उनले भनेका छन्, ‘आफू एकजनाका कारण संसद विघटनबाट जोगिन्छ भने यो सरकारलाई किन साथ दिइरहने भन्ने लागेर आफूले विपक्षी गठबन्धनलाई साथ दिन लागेको हुँ ।’

    मनाङे बुधबार साँझ बोलाइ)एको मन्त्रिपरिषद बैठकमा पनि अनुपस्थित थिए । मनाङे नहुँदा गुरुङसँग केवल २७ सांसद मात्रै हुन्छन् । बहुमतका लागि उनलाई ३१ सांसद आवश्यक पर्छ ।

    विपक्षी गठबन्धनले १६८ (५) अनुसार बन्ने सरकारका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा अगाडि सार्ने तयारी गरको छ।

    गण्डकी प्रदेशमा एमालेको माधव नेपाल समूहका एकजना मात्र सांसद रहेका छन् । उनको भूमिका के हुने भन्ने स्पष्ट छैन । मुख्यमन्त्री गुरुङ खेमामा उभिएका नेपाल पक्षीय सांसद् बाग्लुङका इन्द्रलाल सापकोटाले विद्रोह गर्ने मुडमा देखिएका छैनन् ।

    जनमोर्चाले सांसदबाट कारबाही गरेका तर सर्वोच्च अदालतले पुनस्थापना गराइदिएका सांसद कृष्ण थापाको समर्थन पनि मुख्यमन्त्री गुरुङलाई नै छ । यो मतसहित उनको पक्षमा २९ सांसद छन् ।

    कांग्रेस, माओवादी, जसपा र जनमोर्चाको विपक्षी गठबन्धनलाई ३० सांसद्को साथ छ । कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन १ मतको कमी छ ।

    माओवादी केन्द्रका सांसद अधिकारीलाई सभामुख पदबाट राजीनामा गराएर भए पनि विपक्षीलाई बहुमत पुर्‍याउने तयारी यो गठबन्धनको छ । यही तयारीलाई अल्मल्याउन सत्तारुढ पार्टीले दिपक मनाङेलाई प्रचारबाजी गर्न लगाएको पनि अनुमान गरिएको छ ।

    प्रकाशित मिति :जेठ २७ २०७८ बिहिवार - १०:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij