२०८२ भाद्र २२ गते आइतवार
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा आज अगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ ।
दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश २ का प्रमुख राजेश झा अहिराजले प्रदेश सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकमै सभामुख सरोज कुमार यादवले बिहीबार दिउँसो २ बजे प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिएका थिए ।
समयमै बैठकमा उपस्थित हुन पनि उनले सांसदहरुलाई सूचना गरेका छन् । प्रदेश २ सरकारले यसपटक नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij