२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ ।
यस्तै मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले मंगलबार बोलाएको सर्वदलीय बैठक, राजवादीहरुको आन्दोलन लगायतका विषयमा पनि छलफल भएको ती मन्त्रीले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij