Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सक्रिय संक्रमितको संख्या घट्दै, उपत्यकामा ९१५ सहित देशभर थपिए ४३४४ जना कोरोना संक्रमित

सक्रिय संक्रमितको संख्या घट्दै, उपत्यकामा ९१५ सहित देशभर थपिए ४३४४ जना कोरोना संक्रमित


  • 8.1K
    Shares

    सक्रिय संक्रमितको संख्या घट्दै, उपत्यकामा ९१५ सहित देशभर थपिए ४३४४ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले सो जानकारी दिनुभएको हो । 

    आज थपिएका मध्ये काठमाडौं उपत्यकाका ९१५ रहेका छन् । जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई पोजेटिभ देखिएको छ । 

    सक्रिय संक्रमितको संख्या घट्दै गएको छ, अहिले ८० हजार ३३६ जना संक्रमित आइसोलेसनमा छन् । 

    पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४५६८ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा पीसीआरमा ३४४९ र एन्टीजेनमा ८९५ जनालाई पोजेटिभ देखिएको छ । 

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - १६:५०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij