Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु, संवैधानिक इजलासबाट न्यायाधीश भट्टराई र कार्की नहट्ने

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु, संवैधानिक इजलासबाट न्यायाधीश भट्टराई र कार्की नहट्ने


  • 5.3K
    Shares

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु, संवैधानिक इजलासबाट न्यायाधीश भट्टराई र कार्की नहट्ने
    images

    काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।

    प्रतिनिधि सभा विघटनको मुद्दा छिनोफानोका लागि दोस्रोपटक गठन गरिएको संवैधानिक इजलासबाट दुई न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्की नहट्ने भएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दुई न्यायाधीशबारे केही नहुने भन्दै बहस सुरु गर्न निर्देशन दिएका हुन् । चिया ब्रेक हुनुअघि देउवासहितका सांसदको तर्फबाट बहस सुरु गर्न राणाले निर्देशन दिएका छन् ।

    उक्त निर्देशनसँगै शेरबहादुर देउवासहित १४६ सांसद रिट निवेदक रहेको मूल निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता महादेव यादवले बहस सुरु गरेका छन् ।

    सरकार पक्षले स्वार्थ बाझिने भन्दै यसअघि उक्त दु्ई न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीलाई संवैधानिक इजलासमा नराख्न माग गरेको थियो । बहसको समय आधा घण्टा तोकिएको छ ।

    संवैधानिक इजलासका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आधा घण्टा अर्थात् ३० मिनेटभन्दा एक मिनेट पनि थप नहुने बताए ।उनले इजलासमा भने, ‘समाननीयज्यूबाट प्रस्ट कुरा आइसकेको छ । बाँकी कुरामा हामी चार न्यायाधीश एक मत छौँ ।’

    न्यायाधीश खतिवडाले इजलास गठनका सम्बन्धमा अब कुनै पनि कुरा नसुन्ने बताउँदै भोलि लेख्नुपर्ने बेलामा सम्बोधन गर्ने बताए । उनले भने, ‘विगतका कुरालाई करेक्सन गर्नुपर्छ, यो सिचुएसन हामी करेक्सन गर्छौं । बाँकी रिटमा के गर्ने भन्ने कुरा टि–ब्रेकपछि गरौँला ।’

    यसअघि सोमबारका लागि पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्वस्थ भएपछि सुनुवाइ आजका लागि सारिएको हो ।

     

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - १३:०५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij