२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिवार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ .८२ अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ ।
आज ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.८४, विकास बैंक ०.३८, फाइनान्स ०.१०, होटल तथा पर्यटन ०.४६, जलविद्युत् ०.३८, लगानी ०.३०, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.८८, माइक्रोफाइनान्स ०.३०, निर्जीवन बीमा ०.७३, अन्य ०.२८ प्रतिशत मूल्य घटेको छ।
समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब ४७ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ४९ करोड ८२ लाख, विकास बैंकहरुको ३१ करोड, फाइनान्सहरुको २७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढेको छ । त्यस्तै कालंगा हाइड्रोको ४.६२, सानीगढ हाइड्रोको २.४६ प्रतिशत मूल्य बढेको छ । स्नो रिभर फल्सको ५.००, जोशी हाइड्रोपावरको ४.७० तथा कृषि विकास बैंकको मूल्य ३.५० प्रतिशत घटेको छ ।
आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड २४ लाख रुपैयााको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २६ करोड ५९ लाख रुपैयााको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको २३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij