Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


  • 393
    Shares

    सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
    images

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको हो । 

    महासंघका अनुसार १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ९४५ रुपैयाँ थियो ।

    साथै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ४ हजार ७४५ रुपैयाँ रहेको चाँदी आज बढेर ४ हजार ७५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार १० ग्राम चाँदीको मूल्य आज ४ हजार ७३ रुपैयाँ कायम भएको छ । बुधबार १० ग्राम चाँदीको मूल्य ४ हजार ६८ रुपैयाँ थियो ।

     

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - ११:५९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij