Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत अस्वीकार्य : कांग्रेस

क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत अस्वीकार्य : कांग्रेस


  • 5.3K
    Shares

    क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत अस्वीकार्य : कांग्रेस

    काठमाडौं ।  नेपाली कांग्रेसले बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणामार्फत तीन वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि प्रधानमन्त्रीको मौनता रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

    कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने सरकारले नियत राख्नु नितान्त गलत भएको बताए । 

    विज्ञप्तिमा भनिएको छ,‘सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो । तर त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ ।’

    भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बांकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, बिज्ञ परामर्श र सरोकारवालाहरुसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिल्तिरको निश्चित नियतलाई प्रष्ट गरेको कांग्रेसको ठहर छ । कांग्रेसले गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्नसरकारलाई चेतावनी दिएको छ।

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - ११:२४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij