Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

संवैधानिक इजलासमा दुई न्यायाधीशले राय दिने

संवैधानिक इजलासमा दुई न्यायाधीशले राय दिने


  • 4.1K
    Shares

    संवैधानिक इजलासमा दुई न्यायाधीशले राय दिने
    images

    काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासको आज पेशी तोकिएको छ ।

    दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।

    सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा‍. आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने तयारी गरेका छन् ।

    उनीहरु इजलासमा बस्न तयार भए भने इजलास विषयवस्तुमा प्रवेश गर्नेछ । तर उनीहरुले इजलासमा नबस्ने राय दिएको खण्डमा भने संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्ने भएकोले यो मुद्दामा सुनुवाइ फेरि लम्बिने सम्भावना छ ।

    प्रकाशित मिति :जेठ २६ २०७८ बुधवार - ११:०१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij