Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

टिकटक स्टारको गोली हानी हत्या

टिकटक स्टारको गोली हानी हत्या


  • 7.1K
    Shares

    टिकटक स्टारको गोली हानी हत्या
    images

    काठमाडौं । मेक्सिकोको सिनालोआ राज्यमा एक चर्चित सामाजिक सञ्जाल इन्फ्लुएन्सरको लाइभस्ट्रिमकै क्रममा गोली हानी हत्या भएको छ । 

    टिकटकमा करिब ६ लाख फलोअर्स रहेका २५ वर्षीय सेसर गास्टेलम साथीहरूसँग भिडियो बनाइरहेका बेला मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनीमाथि गोली प्रहार गरेका हुन् ।

    सेसर गास्टेलम एक फास्टफुड रेस्टुरेन्टबाहिर आफ्ना दुई साथीसँग लाइभस्ट्रिम गरिरहेका थिए । सामाजिक सञ्जालको एक च्यालेन्जअन्तर्गत उनीहरू तीनैजना डेलिभरी ड्राइभरको पोसाकमा देखिएका थिए ।

    त्यसै क्रममा मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीमध्ये पछाडि बसेका व्यक्तिले गास्टेलमको टाउकोमा गोली प्रहार गरेका थिए । 

    घटनालगत्तै लाइभस्ट्रिम बन्द भएको थियो । यद्यपि, घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    सिनालोआ राज्यका सुरक्षा अधिकारीहरूले गास्टेलमको मृत्युको पुष्टि गरेका छन् । बीबीसी

    images
    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ०७:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij