Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मदनकृष्णले गाए फिल्म ‘मन बिनाको धन–२’को गीत

मदनकृष्णले गाए फिल्म ‘मन बिनाको धन–२’को गीत


  • 995
    Shares

    मदनकृष्णले गाए फिल्म ‘मन बिनाको धन–२’को गीत
    images

    काठमाडौं । टंक बुढाथोकीको निर्देशन रहने फिल्म ‘मन बिनाको धन–२’ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मा जोडिएका छन् । निर्माण युनिटले मंगलबार सबैसँग औपचारिक सम्झौता गर्दै फिल्ममा भित्र्याएको हो ।

    फिल्ममा अभिनयसँगै मदनकृष्ण श्रेष्ठले एउटा गीतमा स्वर पनि दिने भएका छन्। मंगलबार नै उनको स्वरमा फिल्मको एक गीत रेकर्ड भयो । फिल्मका लागि यसअघि सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्धित भएका थिए ।

    टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा निर्देशक टंक बुढाथोकी स्वयंले तयार पारेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने गीत–सङ्गीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ। फिल्मकी निर्माता विष्णुमाया मैनाली बुढाथोकी हुन्।

    निर्माण टिमका अनुसार फिल्मको छायाङ्कन भदौको पहिलो सातादेखि सुरु हुनेछ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानसँगै मुस्ताङमा पनि फिल्मको छायाङ्कन गरिने छ।

     

    images
    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १४:०५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij