Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

ज्येष्ठ कलाकारको नि:शुल्क स्वास्थ्य परीक्षण

ज्येष्ठ कलाकारको नि:शुल्क स्वास्थ्य परीक्षण


  • 925
    Shares

    ज्येष्ठ कलाकारको नि:शुल्क स्वास्थ्य परीक्षण
    images

    काठमाडौं ।  ६० वर्ष नाघेका कलाकारहरूको मंगलबारदेखि निस्शुल्क स्वास्थ्य परीक्षण सुरु भएको छ । मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल परिसरमा रहेको नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रले कलाकार सङ्घसँगको सहकार्यमा शो सेवा उपलब्ध गराएको हो ।

    स्वास्थ्य केन्द्रका डा।जगदीशकुमार क्षेत्रीको विशेष पहलमा सुरु भएको स्वास्थ्य परीक्षणमा ६० वर्षभन्दा माथिका चलचित्र कलाकारलाई डिमेन्सिया तथा जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने भएको छ ।

    कार्यक्रमको उद्घाटन मंगलबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरे । कार्यक्रममा डिसीले स्वास्थ्य केन्द्रले उपलब्ध गराएको स्वास्थ्य अवसरको लाभ लिन कलाकारहरूलाई अनुरोध गरे ।

    स्वास्थ्य केन्द्रका डा।जगदीशकुमार क्षेत्रीले कलाकार राष्ट्रका गहना भएकोले उनीहरू स्वस्थ्यको ख्याल गर्नु सबैको जिम्मेवारी भएको निस्शुल्क परीक्षणको व्यवस्था मिलाएको बताए ।

    कार्यक्रममा कलाकार सङ्घका पदाधिकारी उपाध्यक्ष पुजना प्रधान महाचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल सदस्य लब्ली संगम राई, जीवन थापा, कलाकार दावा फिन्जो तामाङ पूर्वसचिव रामेश्वर बुर्लाकोटीलगायतको उपस्थिति रहेको थियो ।

    मंगलबारको परीक्षण कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसी, नायक कृष्ण मल्ल, नायिका शर्मिला, अभिनेता आरपी पन्त, बद्री पुडासैनी, कमल मैनाली, जयन्त रेग्मी, सिवहरि बैरागी राजु शाहीलगायतको स्वास्थ्य परीक्षण भएको छ । स्वास्थ्य परीक्षण सेवा साउन २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - ११:४८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij