२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको चौथो कारोकारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो।
हिजो प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार २०० रुपैयाँले बढेको हो। यस्तै, १० ग्राम सुनको मूल्य मंगलबारको २ लाख ४३ हजार ३१० रुपैयाँबाट बढेर बुधबार २ लाख ४६ हजार ९१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
साथै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार मंगलबार प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। यस आधारमा चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ ।
१० ग्राम चाँदीको मूल्य पनि ३ हजार ७५५ रुपैयाँबाट बढेर ३ हजार ८३७ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij