२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार एकता घोषणा हुने भएको छ ।
दुवै पार्टीबीच पुन एकीकरण हुने सहमति भएपछि बुधबार एकीकरणको घोषणा हुन लागेको दुवै पार्टीले जानकारी गराएका छन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ ।
दुवै दलले विगतका त्रुटी र कमजोरीबाट पाठ सिक्ने र त्यसबाट चोट परेका शुभेच्छुकसँग क्षमायाचना गर्ने बताउदै सुसंस्कृत पार्टी निर्माणको यात्रामा दरिलो पाइला चाल्ने बताएका छन् ।
यस अघि २०७४ साउन ११ गते एक भएका विवेकशील र साझा २०७५ को पुसमा अलग अलग भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij