Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी


  • 5.2K
    Shares

    अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी
    images

    काठमाडौं । एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक हजार आसपास मात्रै इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी रहेको दाबी गरेको छ । युद्धशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध तथा रणनीतिक क्षेत्रमा प्रतिष्ठित सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजले हालै सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकासँँग एक हजार आसपास मात्रै इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी रहेको उल्लेख छ ।

    यसमध्ये अमेरिकी हतियार भण्डारमा ७ सय ५९ देखि ८ सय २७ पेट्रियट क्षेप्यास्त्र बाँकी छन् । फेब्रुअरी २८ मा सुरु भएको इरान युद्धअघि अमेरिकासँग यस्ता २ हजार ३ सय ३० क्षेप्यास्त्र थिए । सेन्टरका अनुसार गत अप्रिल ८ मा भएको युद्धविरामका बेला यस्ता १ हजार ३० आसपास क्षेप्यास्त्र बाँकी रहेका थिए ।

    यसैगरी अमेरिकासँग थर्मल हाइ अल्टिट्युड एयर डिफेन्स ‘थाड’ क्षेप्यास्त्रको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको पाइएको छ । हाल अमेरिकासँग थाड क्षेप्यास्त्र २ सय ३४ देखि २ सय ७८ सम्म मात्रै बाँकी छन् । युद्धअघि अमेरिकासँग यस्ता ४ सय ५२ क्षेप्यास्त्र रहेका थिए ।

    अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनले हरेक वर्ष करिब एक सय हाराहारीमा थाड क्षेप्यास्त्र उत्पादन गर्दै आएको छ । त्यस्तै, रेथियन र लकहिड मार्टिनले ६ सय आसपास पेट्रियट क्षेप्यास्त्र उत्पादन गर्दै आएका छन् । शत्रुले प्रहार गरेको क्षेप्यास्त्र, लडाकु विमान तथा ड्रोनलाई बीच आकाशमै निस्तेज पार्न यी क्षेप्यास्त्र प्रणालीको प्रयोग हुँदै आएको छ ।

    छोटो दूरीको क्षेप्यास्त्र, ड्रोन र लडाकु विमानलाई निस्तेज पार्न पेट्रियट प्रभावकारी मानिन्छ भने मध्यम तथा लामो दूरीको क्षेप्यास्त्र निस्तेज पार्न थाडको प्रयोग हुन्छ । पेट्रियटको मारक क्षमता ६० देखि १ सय किलोमिटर रहेको छ भने थाडको मारक क्षमता २ सय किलोमिटर मानिन्छ ।

    images
    प्रकाशित मिति :श्रावण १७ २०८३ आइतवार - १६:०७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij