Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्वास्थ्य मन्त्रालयले भन्यो– सबै अस्पतालले खाली अक्सिजन सिलिन्डर भरेर राख्‍नू

स्वास्थ्य मन्त्रालयले भन्यो– सबै अस्पतालले खाली अक्सिजन सिलिन्डर भरेर राख्‍नू


  • 6.8K
    Shares

    स्वास्थ्य मन्त्रालयले भन्यो– सबै अस्पतालले खाली अक्सिजन सिलिन्डर  भरेर राख्‍नू

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला केही दिनयता संक्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै रित्ता अक्सिजन सिलिन्डर भर्न आग्रह गरेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिलिन्डरहरु व्यक्तिका घर, टोल, आइसोलेसन सेन्टर र अस्पतालमा भएका रित्ता सिलिन्डर भरेर राख्न आग्रह गरेका हुन् ।

    खाली सिलिन्डरहरु अहिले समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

    ‘जुनसुकै व्यक्ति, संस्था, निकायले जुनसुकै बहानामा लैजानुभएको अक्सिजन सिलिन्डर यथाशक्य चाँडो जुन उद्योगको सिलिन्डर हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

    मन्त्रालयले अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्यांक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन पनि भनेको छ ।

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १३:५२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij