Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

मुस्लिम परिवारका चारजनालाई एक व्यक्तिले ट्रकले किचेर मारे

मुस्लिम परिवारका चारजनालाई एक व्यक्तिले ट्रकले किचेर मारे


  • 10.1K
    Shares

    मुस्लिम परिवारका चारजनालाई एक व्यक्तिले ट्रकले किचेर मारे
    images

    क्यानडाको ओन्टारियोमा पैदल हिँडिरहेका मुस्लिम परिवारका पाँचजनालाई एक व्यक्तिले ट्रकले किचेका छन् । घटनामा चारजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् । घाइतेको उपचार चलिरहेको छ । 

    परिवार मुसलमान भएकै कारण ती व्यक्तिले तारो बनाएको बताइएको छ । परिवारले मृतक तथा घाइतेको नाम नखोल्न प्रहरीसमक्ष अनुरोध गरेको छ । 

    हत्याका आरोपित नाथानियल वेल्टम्यानले पीडितहरूलाई पहिलेदेखि नै चिनेको थिएन । उसले इस्लामिक वस्त्र लगाएको परिवार देखेपछि जातिघृणा व्यक्त गर्दै हत्या गरेको हो । 

    हत्या गरेर फरार वेल्टम्यानलाई प्रहरीले एउटा मलको पार्किङ क्षेत्रबाट पक्राउ गरेको थियो । एजेन्सी

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - ११:४४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij