२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेका ६ वटा रिट पेशीमा चढेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा रिट निवेदन पेशीमा चढेको हो ।
पुनर्गठन विरुद्ध वरिष्ठ अधिवक्त दिनेश त्रिपाठी, अधिवक्ताहरु राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कंचनकृष्ण न्यौपाने र वीरेन्द्र प्रसाद शाहले राष्ट्रपतिको कार्यालय शीतल निवाससमेतलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।
रिटमा कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न पाउने अधिकार नभएकाले बदर गर्न माग गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार जसपाबाट १० जना र एमालेबाट ६ जना गरी १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
पुनर्गठित मन्त्रिपरिषदका उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको बहुल राज्य अभिव्यक्तिलाई लिएर बर्खास्तीको माग गर्दै छुट्टै रिट सर्वोच्चमा परेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij