Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

दार्जिलिङका गायक सफल थापाको निधन   

दार्जिलिङका गायक सफल थापाको निधन   


  • 8.5K
    Shares

    दार्जिलिङका गायक सफल थापाको निधन   
    images

    दार्जिलिङ । दार्जिलिङका गायक एवं सङ्गीतकार सफल थापाको निधन भएको छ । उनी चर्चित गायिका स्नेहश्री र सानिध्य थापा (दिदी-बहिनी) का पिता हुन् ।

    तीन साता अघिदेखि बिरामी रहेका सफल थापाको ५८ वर्षको उमेरमा सोमबार राति ११:२५ बजे सिलगढ़ीको एक नर्सिङ होममा निधन भएको ‘पोस्ट कोविड कम्प्लिकेसन्स’ ले जनाएको छ ।

    शिक्षण पेशामा आबद्ध उनी गीत सङ्गीतमा समर्पित थिए। गीतरसङ्गीतका लागि जहिल्यै केही गर्न उनी हुटहुटिरहन्थे । गीतरसङ्गीतकै लागि सोचिरहन्थे ।

    उनको यस्तै हुटहुटी र सोचाइको प्रतिफल हो-सङ्गीतिक शृङ्खला कार्यक्रम ‘अब मेरो पालो’ । जसमा नयाँ-पुराना कलाकारहरूले मञ्च पाइरहेका थिए । थापाको पहिलो गीति एल्बम ‘रूद्रास’ हो ।

    पछिल्लो समय उनले गीत गाउनभन्दा सङ्गीत भर्नमा आफूलाई बढ़ी सक्रिय राखेका थिए । उनले दर्जनौँ गीत गाउनुका साथै धेरै गीतमा सङ्गीत भरेका छन् । नाम अनुसार उनी गीतरसङ्गीतको क्षेत्रमा सफल बनेका छन् ।

     

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - ११:०३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij