Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

काठमाडौंको बौद्धमा बोराभित्र मानिसको एउटा खुट्टा भेटियो

काठमाडौंको बौद्धमा बोराभित्र मानिसको एउटा खुट्टा भेटियो


  • 9.3K
    Shares

    काठमाडौंको बौद्धमा बोराभित्र मानिसको एउटा खुट्टा भेटियो
    images

    काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोराभित्र मानिसको एउटा खुट्टा भेटिएको छ ।

    खबर पाउनासाथ मंगलबार बिहान चिकित्सकसहित घटनास्थल पुगेको महानगरीय प्रहरीको टोलीले मानिसको एउटा मात्र खुट्टा भएको बोरा अनुसन्धानका लागि लिएर गएको छ ।

    काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार बौद्धस्थित दिव्य पार्टी प्यालेसनजिक खाली जग्गामा बोराभित्र मानिसको एउटा खुट्टाको भाग मात्र भेटिएको हो । 

    ‘बोरोभित्र केही पराल र जलेको अवस्थामा मानिसको एउटा मात्र खुट्टा भेटिएको छ,’ एसएसपी सिंहले भने, ‘अन्यत्र कतै हत्या गरेर यहाँ खुट्टा मात्रै फालिएको हुन सक्छ ।’

    उनका अनुसार दाहिने खुट्टाको भाग भएको र त्यो बच्चा नभएको देखिएको छ तर महिला हो कि पुरुष अहिले पहिचान हुन सकेको छैन ।

    प्रकाशित मिति :जेठ २५ २०७८ मंगलवार - १०:३४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij