२०८२ भाद्र १८ गते बुधवार
कैलाली । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक धनगढीमा सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न एमालेले संसदीय दल बैठक बोलाएको हो ।
आज प्रदेश सभामा माअोवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टले विश्वासको मत लिँदैछन् । संसदीय दलको बैठकमा नेपाल र ओली पक्षका सम्पूर्ण सांसद उपस्थित रहेको एक सांसदले जानकारी दिए ।
नेकपा एमालेको ओली पक्षले १० जेठमा सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर १२ जेठमा बसेको नेपाल समूहको बाहुल्यता रहेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टप्रतिको समर्थन कायम राख्ने निर्णय गरेको थियो ।
प्रदेशसभामा एमालेको सभामुख सहित २५ सांसद छन् । जसमा नेपाल समूहको बाहुल्यता छ । नेपाल पक्षसँग १५ सांसद छन् भने ओली पक्षमा ९ जना सांसद मात्रै देखिएका छन् ।
ओली पक्ष मुख्यमन्त्री भट्टलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने र नेपाल समूह माओवादी केन्द्रकै नेतृत्वकै सरकार बचाउने पक्षमा छ । ११ सदस्य मन्त्रीमण्डलमा एमालेको नेपाल पक्षका ४ मन्त्री र ३ राज्यमन्त्री छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij