Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आकस्मिक बाहेकका सेवा बन्द गरेर सडकमा आए डाक्टर (तस्बिरसहित)

आकस्मिक बाहेकका सेवा बन्द गरेर सडकमा आए डाक्टर (तस्बिरसहित)


  • 771
    Shares

    आकस्मिक बाहेकका सेवा बन्द गरेर सडकमा आए डाक्टर (तस्बिरसहित)
    images

    काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारिएका छन् । 

    चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसाको अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । मङ्गलवारदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ । स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुव्र्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका हुन् ।

    यसैबिच, आन्दोलित चिकित्सकहरूले काठमाडौंको माईतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘चिकित्सकमाथि हिंसा बन्द गर’, ‘स्वास्थ्य सेवामाथि आक्रमण अन्त्य गर’, ‘डाक्टर सुरक्षित भए मात्र बिरामी सुरक्षित हुन्छन्’ र ‘डाक्टरको सुरक्षा नै जनताको सुरक्षा हो’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका छन् । 

    साथै, प्रदर्शनकारीहरूले ‘रेस्पेक्ट डाक्टर’, ‘रिजेक्ट भायोलेन्स’ र ‘नो मोर ह्यारेसमेण्ट’ लेखिएका प्लेकार्डमार्फत आफ्नो सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन् । नारायणी अस्पतालमा भएको घटनाका दोषीलाई कारबाही र चिकित्सकहरूको कार्यस्थलको सुरक्षाको प्रत्याभुति नभएसम्म आन्दोलन जारी रहने चिकित्सकहरूको भनाइ छ ।

    d1.jpg

    d2.jpg

    d3.jpg

    d5.jpg

    d6.jpg

    d7.jpg

    d8.jpg

    d9.jpg

    d10.jpg

    d11.jpg

    images
    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १४:०२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij