२०८२ भाद्र १८ गते बुधवार
इलाम । कोरोना संक्रमणको कारण इलाममा एकै दिन बावुछोराकै मृत्यु भएको छ ।
इलाम नगरपालिका ८ सिङफ्रिङका ८४ वर्षीय बुवा वेदप्रसाद पोखरेल र उनका ४ ४ वर्षीय छोरा नारायण पोखरेलको २२ घण्टाको फरकमा मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।
छोरा नारायणको कोरोना संक्रमणबाट आइतबार साँझ मृत्यु भएको थियो । झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो । १९ जेठमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार सुरु गरिएको थियो ।
छोराको मृत्यु भएको २४ घण्टा नबित्दै उनका ८४ वर्षीय बाबु वेदप्रसाद पोख्रेलको सोमबार दिउँसो साढे ४ बजे मृत्यु भएको स्थानीय हेमन्त गौतमले जानकारी दिए । कोरोना संक्रमण मुक्त भएपछि बेदप्रसाद पोख्रेलको मृत्यु भएको हो ।
संक्रमणको कारण फोक्सोमा गम्भीर असर पर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । २४ घण्टा नबित्दै एकै घरका बाबु छोराको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको छ । मृतक वेदप्रसाद पोख्रेल पूर्व शिक्षक हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij