२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र आज (मंगलबार) देखि चिनियाँ खोप भेरोसेल लगाइँदै छ ।
काठमाडौं महानगरपालिकाअन्तर्गत सहरी विकास विभागले जारी गरेको सूचनाअनुसार ६० देखि ६४ वर्षसम्मका नागरिकलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको हो ।
जेठ २९ गतेसम्म जारी रहने खोप अभियानका लागि ३२ वटै वडामा खोप केन्द्र स्थापना गरिएको छ। खोप बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।
खोप केन्द्रको सम्पर्क नम्बर पनि दइएको छ । खोप लगाउन जाँदा आफ्नो उमेर खुल्ने परिचय पत्र लिएर जानुपर्नेछ ।
हेर्नुहोस्, खोप केन्द्र र सम्पर्क नम्बर :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij