Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

१८ वर्षपछि छोरा यमनसँग पलेँटीको मञ्चमा देखिँदै मदनकृष्ण श्रेष्ठ

१८ वर्षपछि छोरा यमनसँग पलेँटीको मञ्चमा देखिँदै मदनकृष्ण श्रेष्ठ


  • 1.5K
    Shares

    १८ वर्षपछि छोरा यमनसँग पलेँटीको मञ्चमा देखिँदै मदनकृष्ण श्रेष्ठ
    images

    काठमाडौं । नेपालयको कालिकास्थानस्थित आरुशालामा नियमित आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपालि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ ।

    आगामी अङ्ग्रेजी महिनाको सप्ताहान्तमा हुने यस कार्यक्रममा उनले आफ्ना छोरा एवं गायक यमन श्रेष्ठका साथ प्रस्तुति दिने भएका छन् । मदनकृष्णले यसअघि १८ वर्ष पहिले पलेँटीको मञ्चमा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

    विशेषगरी हास्यव्यङ्ग्य कलाकारिताका लागि परिचित भए पनि मदनकृष्णको कलाकारिताको यात्रा गायनबाटै सुरु भएको हो । उनले गाएका अरबौं मान्छेहरूमा, खोलावारि खोलापारि, फुलबुट्टे सारी, र सयथरी बाजाजस्ता गीतहरू निकै लोकप्रिय छन् । पछिल्लो चरणमा स्वास्थ्यमा प्रतिकूलताका बाबजुद पनि उनी सांगीतिक र अभिनय क्षेत्रमा उत्तिकै सक्रिय छन् । 

    यसपालिको पलेँटीमा मदनकृष्णका साथै उनका छोरा यमन श्रेष्ठको समेत विशेष प्रस्तुति रहनेछ । बुबाकै पथप्रदर्शनमा अभिनय, गायन र संगीतमा अघि बढेका यमन व्यङ्ग्यात्मक तथा गम्भीर दुवै प्रकृतिका गीत गाउन रुचाउँछन् ।

    मदनकृष्णले भने, १८ वर्ष पहिले पनि पलेँटीमा गीत गाउँदा खुब रमाइलो भएको थियो । यसपालि त छोरालाई पनि साथमा लिएर आएको छु, झन् रमाइलो हुनेछ भन्ने आशा छ ।

    आयोजकका अनुसार यो कार्यक्रम यही जुलाई ३१ तारिख शुक्रबार र अगस्ट १ तारिख शनिबारका दिन सञ्चालन हुनेछ । 

    images
    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १६:४२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij