Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मेयरका छोरा अस्पतालको प्रमुख, एकैदिन गरे साउन महिनाभरिको हाजिरी

मेयरका छोरा अस्पतालको प्रमुख, एकैदिन गरे साउन महिनाभरिको हाजिरी


  • 1.5K
    Shares

    मेयरका छोरा अस्पतालको प्रमुख, एकैदिन गरे साउन महिनाभरिको हाजिरी
    images

    जनकपुरधाम । सिरहाको सुखीपुर नगर अस्पतालका प्रमुखले एक महिनाको हाजिरी एकै दिन गरेको पाइएको छ । सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख तथा चिकित्सक डा. लुस्युनकुमार यादवले साउन नसकिँदै महिनाको अन्तिम मितिसम्म हाजिरी रजिस्टरमा हस्ताक्षर गरेको पाइएको हो ।

    सार्वजनिक भएको हाजिरी रजिस्टरमा साउन १२ गते मात्र पुगेको थियो । तर, सोही रजिस्टरमा डा. यादवले साउन २८ गतेसम्मको उपस्थितिमा एकैपटक हस्ताक्षर गरेको भन्दै अहिले आलोचना भइरहेको छ । यस विषयमा प्रतिक्रिया माग्दा डा. यादवले एकैदिन हाजिरी गरेको कुरा स्वीकार गरे । तर, थप प्रतिक्रिया दिन मानेन ।

    घटनाबारे सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादवले सत्य बुझेर मात्रै प्रतिक्रिया दिने बताए । डा. यादव नगर प्रमुखका छोरा हुन् । उनी नगर आधारभूत अस्पतालमा करार सेवामा चिकित्सक तथा कार्यालय प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।

    images
    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १६:३२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij