Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

त्रिवि प्रश्नपत्र लिक प्रकरण : थप दुईजना पक्राउ

त्रिवि प्रश्नपत्र लिक प्रकरण : थप दुईजना पक्राउ


  • 932
    Shares

    त्रिवि प्रश्नपत्र लिक प्रकरण : थप दुईजना पक्राउ
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा अगावै प्रश्नपत्र लिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका वडा नं. ४ घर भएका २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल वडा नं. १ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्।

    सीआईबीका अनुसार मिश्रलाई आइतबार काठमाडौं ताहाचलबाट र हाकिमलाई सोमबार वीरगञ्जबाट पक्राउ गरिएको हो।

    गत शुक्रबार सञ्चालन भएको त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय तर्फको एमबीएस प्रथम सेमेष्टरको संगठनात्मक व्यबहार विषयको परीक्षाको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहहरुमा सेयर गरी परीक्षाको गोपनियता भङ्ग गरिएको थियो। सोही कसूरमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

     

    images
    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १४:३४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij