Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

खल्ती इन्फ्लुएन्सर अवार्डस’ आयोजना हुँदै

खल्ती इन्फ्लुएन्सर अवार्डस’ आयोजना हुँदै


  • 1.9K
    Shares

    खल्ती इन्फ्लुएन्सर अवार्डस’ आयोजना हुँदै
    images

    काठमाडौं । नेपालका डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलोपटक ‘खल्ती इन्फ्लुएन्सर अवार्डस’ आयोजना हुने भएको छ।

    आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सको आयोजनामा हुन लागेको उक्त अवार्ड कार्यक्रमले देशभरका कन्टेन्ट क्रिएटरलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।

    आयोजकका अनुसार अवार्डको ग्राण्ड फिनाले आगामी भदौको अन्तिम साता आयोजना गरिनेछ। जेठ महिनामा आवेदन आह्वान गरिएको प्रतियोगितामा देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरले आफ्ना सामग्री पठाएका छन्।

    प्राप्त सामग्रीको मूल्यांकनपछि निर्णायक समूहले उत्कृष्ट १०० जना प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश गराउनेछ। आगामी साता मनोनयन सूची सार्वजनिक गर्ने तयारी रहेको आयोजकले जनाएको छ।

    फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिनेछ। प्रत्येक विधामा उत्कृष्ट १० जना क्रिएटरलाई मनोनयनमा समावेश गरिनेछ।

    अवार्डका निर्णायकमा अभिनेता तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, आईएमई ग्रुपका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र पत्रकार टेकनारायण भट्टराई रहेका छन्।

    आयोजकले यो अवार्डमार्फत नेपाली डिजिटल क्षेत्रमा सक्रिय सिर्जनशील व्यक्तिहरूलाई पहिचान, सम्मान र थप प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।

    images
    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - १४:१९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij