Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मोरङमा शिक्षकको गोली हानी हत्या

मोरङमा शिक्षकको गोली हानी हत्या


  • 8.3K
    Shares

    मोरङमा शिक्षकको गोली हानी हत्या

    मोरङ । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो ।

    आज बिहानै उनलाई घरबाटै "अज्ञात समूह"ले अपहरण गरेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

    नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको हुनसक्ने प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

    प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको जनाएको छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको थिए ।

    प्रकाशित मिति :मंसिर २३ २०७७ मंगलवार - ११:३५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij