Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

यात्रुलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रुलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना


  • 1.0K
    Shares

    यात्रुलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
    images

    काठमाडौं । यात्रुलाई बासी खाना खुवाएको पाइएपछि देउखुरी क्षेत्रको एक होटललाई जरिवाना गरिएको छ । 

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका-३ मसुरीयास्थित पूर्व-पश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले उक्त जरिवाना गरेको हो ।

    टोलीले होटलको फ्रिजमा अस्वस्थकर तथा बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रङ प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्यसूची नटाँसेको, नालीमा फोहोर पानी जमेको तथा भान्सामा दुर्गन्ध रहेकोजस्ता समस्या फेला पारेपछि जरिवाना गरेको प्रमुख बरालले बताए । 

    बरालका अनुसार उक्त होटललाई यसअघि पनि पटक-पटक सुधार गर्न निर्देशन दिइएको थियो । तर अटेर गरिएपछि अनुगमन टोली पुनः होटलमा पुगेको हो । यसपटक पनि कुनै सुधार नदेखिएपछि टोलीले जरिवाना गरेको उनले बताए ।

    तोकिएको जरिवाना एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन तथा आवश्यक कागजातसमेत पेस गर्न होटललाई निर्देशन दिइएको छ । अनुगमन टोलीले शुक्रबार देउखुरी क्षेत्रमा रहेका सातवटा होटलको पनि अनुगमन गरेको थियो।

     

    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १५:२३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij