Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर 'पन्च'को पहिलो जन्मदिन

खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर 'पन्च'को पहिलो जन्मदिन


  • 792
    Shares

    खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर 'पन्च'को पहिलो जन्मदिन
    images

    काठमाडौं । जापानी चिडियाखानामा ओरङउटानको नरम खेलौना समातेर धेरै मानिसको मन जित्न सफल अनाथ बाँदर पन्चले आइतबार आफ्नो पहिलो जन्मदिन मनाएको छ।

    पन्चका अहिले संसारभर साथी छन् र प्रशंसकहरूबाट शुभकामना सन्देशहरूको बाढी आएको छ। 

    एक वर्षअघि जुलाई २५ मा जन्म दिएपछि सम्भवतः थकानका कारण उसकी आमाले स्याहार नगरी छाडिदिएकी थिइन्। चिडियाखानाका कर्मचारीहरूले उसलाई हुर्काए र नयाँ जन्मेका ‘मकाक’ बाँदरहरू बाँच्नका लागि आवश्यक समात्ने क्षमता विकास गर्न त्यो खेलौना दिएका थिए।

    पन्च अब त्यो नरम खेलौना समात्ने मोटो बच्चा मात्र नरहेर ‘इचिकावा सिटी जुलोजिकल एन्ड बोटानिकल गार्डेन’को घेरामा अन्य बाँदरहरूसँग घुलमिल भएर खेल्ने भइसकेको छ। उसले अहिले पनि प्रशंसकको ठूलो भिडको ध्यानाकर्षण गरिरहेको चिडियाखानाका प्रमुख ताकाशी यासुनागाले बताएका छन्। उनका अनुसार पन्चले जापानभित्र र बाहिरबाट करिब दुई हजार ५०० जन्मदिनको शुभकामना कार्डहरू पाएको छ।

    धेरै कार्ड र अन्य सन्देशहरू ‘पन्च जन्मदिन प्रदर्शनी’ का भित्री भित्ताहरूमा टाँसिएका छन्। त्यहाँ आगन्तुकहरूले पन्चका सुरुका दिनदेखिका भिडियोहरू पनि हेर्न सक्छन्।

    पन्चले हरेक दिन बाँच्नका लागि धेरै सङ्घर्ष गरिरहेको बेला उसका दुई हेरचाहकर्ताहरूले आमाको अभाव मेटाउन सकेसम्म सबै सुविधा उपलब्ध गराएका र अन्य कर्मचारीहरूले निगरानी गरेका यासुनागाले जानकारी दिएका छन्। 

    जनवरीको मध्यतिर हेरचाहकर्ताहरूबाट छ महिना विशेष हेरचाह पाएपछि पन्चलाई चिडियाखानाको बाँदर घेरामा करिब ५० अन्य बाँदरहरूसँग राखिएको थियो। यो चुनौतीले उसलाई थप प्रसिद्ध बनायो।

    फेब्रुअरीमा चिडियाखानाले सामाजिक सञ्जालमा पन्चको खेलौनासहितका तस्बिरहरू राखेपछि त्यो तुरुन्तै भाइरल बन्यो र चिडियाखानामा दसौँ हजार आगन्तुक आए। तीमध्ये आधाभन्दा बढी विदेशबाट आएका यासुनागाले बताएका छन्।

    अन्य बाँदरहरूले बच्चालाई धपाउँदा पन्च तुरुन्तै ओरङउटानको खेलौनातिर दौडिन्थ्यो र सान्त्वनाका लागि त्यसलाई अँगालो मार्दथ्यो। प्रशंसकहरूले त्यसको भिडियो खिचेर ‘पन्च भाग र त्यसलाई समाऊ’ भन्दै सामाजिक सञ्जालमा ट्यागसहित हाली उसलाई प्रोत्साहन दिएका थिए। ओरङउटानको खेलौना उसको आमाको स्थानमा आएको साहारा र खेल्ने साथी बनेको थियो।

     

    images
    प्रकाशित मिति :श्रावण १० २०८३ आइतवार - १४:०५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij