२०८२ भाद्र १८ गते बुधवार
चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीले आक्रमण गर्दा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे छन् ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतवार साँझबाट बेपत्ता भएका बोटेको सोमवार बिहान राप्ती नदीमा शव भेटिएको हो ।
राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले जानकारी दिए । निकुञ्जमा रातिको समयमा माछा मार्नु अवैध मानिन्छ । इजाजत प्राप्त व्यक्तिले तोकिएका साधनको प्रयोग गरेर मात्रै निकुञ्ज क्षेत्रमा माछा मार्न पाइने व्यवस्था छ । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij